Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुटका लागि सुझाव दिन कार्यदल गठन

काठमाडौ २७ भदौ । पर्यटन मन्त्रालयले घोषणा गरेको ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशशत छुट दिने निर्णय कार्यन्वयन गर्न कार्यदल समिति गठन गरेको छ । पूर्वसचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले सरोकार पक्षसँग छलफल गरी आगामी ३० दिन भित्र मन्त्रालयलाई सुझाव दिनेछ ।

कार्यदलले हवाई इन्धनमा विद्यमान महँगो मूल्य घटाउन र अन्तर्रा्ष्ट्रिय तथा आन्तरिक वायुसेवालाई सहुलियत दिने सम्बन्धमा आवश्यक सुझाव दिनेछन् । साथै आन्तरिक हवाई भाडा दरमा विदेशी र स्वदेशीलाई फरक दर लिने गरेकाले त्यसमा एकरूपता ल्याउने सम्बन्धमा सरोकारवालासँग छलफल गरी सुझाव दिनेछन् । त्यसैगरी अन्तरउडान सञ्चालनको सम्भाव्यता अध्ययन गरी सुझाव पेस गर्ने, विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा प्रोत्साहन गर्न के कस्तो सुविधा प्रदान गर्न उपयुक्त हुने सुझाव पेस गर्न समेत समितिलाई निर्देशन दिईएको छ ।

कार्यदलमा अर्थ मन्त्रालय (सहसचिव स्तर), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (आपूर्ति हेर्ने सहसचिव स्तर), नेपाल नागरिक उड्डयन प्राधिकरण (कम्तिमा निर्देशक स्तर), नेपाल वायुसेवा निगम (कम्तिमा निर्देशक स्तर) र वायुसेवा सञ्चालक संघका प्रतिनिधि तथा चार्टर्ड एकाउन्टेन्ट सौरभ रिजाल सदस्य तोकिएका छन् । सदस्य सचिवमा पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x