Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

काठमाडौं, ४ असोज । चिनियाँ राष्ट्रपति सी चिनिफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन्। उनको भ्रमण तालिका छिटै सार्वजनिक हुने बताइएको छ ।

राष्ट्रपति सीको सुरक्षा, भेटघाट, बसोबास र स्वागतको तयारी भइरहेको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ। दुई मुलुकको समझदारीमा छिटै भ्रमण मिति सार्वजनिक हुनेछ। राष्ट्रपति सी तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कंदा नेपाल आउने भन्नेमा टुंगो लागिसकेको छैन । तर असोज २३ देखि ३० भित्र कुनै एक दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले केही साताअघि गरेको नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको भ्रमणको आधार तयार गरेका थिए। चिनियाँ दूतावासका अधिकारीले पनि उच्चस्तरको भ्रमणको तयारीमा व्यस्त छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x