Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

आज पनि नेप्से दोहोरो अंकले बढ्यो

आज पनि नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं, १४ असोज । सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि दोहोरो अंकले सुधार देखिएको छ । हिजो दोहोरो अंकले सुधार भएको सेयर बजार आज १०.१३ अंकले वृद्धि भई ११४५.६९ विन्दुमा रोकिएको छ ।

त्यस्तै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । आज १ सय ६४ कम्पनीको १३ लाख ८६ हजार २८ कित्ता सेयर ३१ करोड १४ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बंगला देश बैंक प्रमोटर सेयरको भएको छ । उक्त बैंकको ७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो ।

आज नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूको उपसूचकमा गिरावट आएको छ भने बाँकी ८ समूहको उपसूचकमा वृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा होटेल, उत्पादन तथा प्रशोधन र म्युचियल फण्ड समूह रहेका छन् । यी समूहहरुको क्रमशः ०.४२, २.१८ र ०.१ प्रतिशतले उपसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x