नेपाल र अष्ट्रेलिया बिच हवाई सेवा सम्झौता
काठमाडौ १४ असोज । नेपाल सरकार र अष्ट्रेलिया सरकारले हवाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गरेका छन् । क्यानाडा स्थित अन्तराष्ट्रिय नागरिक उडड्यन संस्था (आईकाओको) को प्रधान कार्यलय दुवै पक्ष बिचले समझदारी पत्रमा समेत हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दुवै मुलुकका एयरलाईन्सले सातामा ७ वटासम्म उडान भर्न पाउँनै छन् । नेपाली एयरलाईन्सले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा उडान भर्न पाउँने छन् भने अन्यमा बिमानस्थलहरुमा असिमित उडान भर्न पाउँनेछन् । त्यस्तै अष्ट्रेलियन एयलाईन्सले काठमाडौमा साताको ७ वटा उडान भर्ने छन् भने पोखरा, गौतमबुद्ध बिमानस्थलमा २८ वटा उडान भर्ने सम्झौता भएको छ । निर्धारण गरिएको क्षमतामा जुनसुकै जहाजबाट कार्गो उडान गर्न दुई देशका एयरलाईन्स स्वतन्त्र हुनेछन् ।
दुवै मुलुकका एयरलाईन्सहरुले कोड सेयरको सुविधा पाउँनेछन् । समझदारीमा तोकिएका संख्या न्यून भएमा तत्काल समझदारी पुनरावलोकन गर्दै संख्या बढाउँन सकिनेछ ।