Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बोर्डका अध्यक्षले कुनै पनि सुचीकृत संस्थामा काम गर्न नपाउँने, कार्यकारी र उपकार्यकारी निर्देशकलाई दुई बर्षका कुलिङ्ग पिरियड

बोर्डका अध्यक्षले कुनै पनि सुचीकृत संस्थामा काम गर्न नपाउँने, कार्यकारी र उपकार्यकारी निर्देशकलाई दुई बर्षका कुलिङ्ग पिरियड

काठमाडौ १५ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्ति कुनै पनि सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न पाउँनै छैनन् । बोर्डले शंसोधन प्रस्ताव गरेको धितोपत्रसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विद्येयक अर्थमन्त्रालयले सङ्‍घीय संसदमा पेस गरेको छ । त्

यस्तै, विद्येयकमा बोर्डका कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकलाई दुई बर्षको कुलिङ्ग पिरियड तोएिको छ । कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशक अवकाश प्राप्त भएको दुई वर्षसम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने विद्येयकमा व्यवस्था गरिएको छ ।

बोर्डले धितोपत्र दलाल व्यवसायीले डिलर र लगानी परामर्श सेवा दिन सक्ने विद्येयकमा व्यवस्था गरेको छ । त्यस्तै धितोपत्र दलाल व्यवसायीले अर्को धितोपत्र दलाल व्यवसायीलाई गाभ्ने, गाभिने वा प्राप्ति गर्न सक्ने व्यवस्था गरेको छ । धितोपत्र व्यवसायीले संस्थागत जोखिम व्यवस्थापनका लागि जगेडा कोष खडा गर्नुपर्ने, शाखा कार्यालयको पूर्वाधार घटाइ कम खर्चिलो बनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x