एक हप्तामा १० लाख मानिस काठमाडौबाट बाहिरिए, ६ लाख भित्रिए

काठमाडौ १५ असोज । दशै, तिहार र छठ पर्वका काठमाडौबाट १० लाख मानिस बाहिरिएका छन् । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबारसम्म काठमाडौका चार नाकाबाट मानिसहरु बाहिरिएका हुन । विभागका अनुसार दैनिक १ लाख २५ हजारसम्म मानिस बाहिरिने गरेका छन् । विहिबार देखि भने बाहिरिनेको संख्या झनै बढ्ने विभागले बताएको छ । तर, शनिबार देखि भने बाहिरिनेको संख्या कम हुनेछ ।

काठमाडौ बाहिरिनेको संख्या बढेपनि भित्रनेको संख्या पनि उत्तिकै बढेका छन् । ट्राफिक प्रहरीका अनुसार काठमाडौका विभिन्न नाकाबाट ६ लाख मानिस काठमाडौ भित्रिएका छन् । विस्तारै काठमाडौमा नै दशै तिहार मनाउँनेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *