Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चाडपर्वको समयमा इन्धन अभाव नहुने

चाडपर्वको समयमा इन्धन अभाव नहुने

काठमाडौं, १७ असोज । नेपाल आयल निगमले दशैंमा कुनै पनि प्रकारका इन्धन अभाव नहुने जनाएको छ । दशैंका बेला प्रायले धेरै यात्रा गर्ने हुँदा धेरै इन्धन भर्ने गर्दछन् । तर पनि निगमले चाडपर्वमा इन्धन अभाव नहुने भन्दै नआत्तिन उपभोक्तालाई आग्रह गरेको छ ।

पेट्रोल, डिजेल, खाना पकाउने ग्यास तथा मट्टितेल आवश्यकता भन्दा बढी भण्डारण गरेर नराख्न समेत आग्रह गरेको छ। निगमले चाडपर्वको समयमा सहज तरिकाले इन्धन वितरण गर्न आफ्ना सबै डीपोहरुमा क्षमता अनुसार इन्धन भण्डारण भइरहेको जनाएको छ ।

त्यस्तै दशैंको समयमा पनि पाइपलाइनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव हुने छैन । निगमका अनुसार काठमाडौं उपत्यकामा सामान्य अवस्थामा दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x