Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

चिनिया राष्ट्रपति आउँने भएपछि रातारात बन्दैछ काठमाडौंका सडक

चिनिया राष्ट्रपति आउँने भएपछि रातारात बन्दैछ काठमाडौंका सडक

काठमाडौं १७ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लक्षित गरी काठमाडौंका सडकहरु मर्मत गर्न थालिएको छ । यस अघि कै परम्परालाई निरन्तरता दिदै सरकारले सडक सफा गरी चिल्लो पार्ने कार्यलाई तिव्रता दिएको छ ।

विशिष्ट विदेशी पाहुना आउँदा सरकारले उनीहरुको सवारी हुने रुटको सधैँजसो सडक चिल्लो पार्ने गरेको छ। यो पटकको सीको नेपाल भ्रमणमा पनि यस कार्यले निरन्तरता पाएको छ। सीको भ्रमणपूर्व नै काठमाडौंमा सडकको खाल्डा पुर्ने र कालोपत्रे गर्नेदेखि असरल्ल तार व्यवस्थापनसम्मको काम गर्न सरकारले मातहतका निकायलाई निर्देशन दिइसकेको छ।

सी सोल्टी क्राउन होटलमा बस्ने अनुमान छ। सोही अनुसार एयरपोर्टदेखि सोल्टी होटल, सोल्टीदेखि राष्ट्रपति निवास तथा सीले नेतासँग भेटघाट गर्ने स्थानसम्मको सडक पिच गर्ने कामलाई उच्च प्राथमिकता दिइएको देखिन्छ। यस्तै, दूरसञ्चार प्राधिकरणले पनि बिजुली तथा टेलिफोनका खम्बामा अव्यवस्थित रुपमा झुण्ड्याइएका इन्टरनेट तथा केवल तारहरु हटाउन दिर्नेशन दिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x