Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

३७ पसल कारवाहीमा

३७ पसल कारवाहीमा

काठमाडौ १७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३७ वटा पसलहरु कारबाही गरेको छ । बजार अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि एक दर्जन तरकारी पसलसहित खाद्यान्न र अन्य पसललाई विभागले कारवाही गरेको हो । पसलहरुले बिल विजक नराखेको, धेरै मूल्य लिएको लगायतका कैफियत देखिएपछि विभागले जरिबाना र स्पष्टिकरण सोधेको छ।

विभागले केही तरकारी पसललाई आवश्यक कागजातसहित २४ घण्टा भित्र उपस्थित हुन निर्देशन दिइएको छ। त्यस्तै, केहीलाई व्यवसायसँग सम्बन्धित कागजात तीन दिनभित्र विभागमा पेस गर्न निर्देशन दिइएको छ। दुई दर्जन तरकारी पसललाई २४ घण्टाभित्र विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ।

कारबाहीमा परेका पसहरुमध्ये तीनवटा पसललाई विभागले ५ हजारका दरले जरिबाना गरेको छ। तरकारी पसल गर्दै आएका बुद्ध वलामी, श्यामबहादुर तामाङ र बुद्धिबहादुर घिसिङलाई ५ हजारका दरले जरिबाना तिराइएको छ। त्यस्तै, १५ वटा तरकारी तथा अन्य पसललाई स्पष्टिकरण सोधेको छ। आवश्यक कागजात नभएकाले उनीहरुलाई ती कागजसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। तीमध्ये १० वटा तरकारी पसलमा बिल विजक नभएको भेटिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x