भ्रमण बर्ष सुरु हुुनु अगावै कोरला नाका खुलाउँन विकास समितिको निर्देशन

काठमाडौ, २३ असोज । प्रतिनिधि सभा अन्र्तगतको संघिय संसदको विकास तथा प्रविधि समितिले कोरला नाका सिघ्र सञ्चालनमा ल्याउँन निर्देशन दिएको छ । समितिले भ्रमण बर्ष २०२० अगाडी नै चीनसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउँन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरिक्षण समेत गरेको छ । समितिले नाकासँग जोडिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकालेको छ । समितिले ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ ।