Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालमा भ्रमण गर्ने तेस्रो राष्ट्रपति सी, आधा दर्जन भन्दा बढी सम्झौता हुने

नेपालमा भ्रमण गर्ने तेस्रो राष्ट्रपति सी, आधा दर्जन भन्दा बढी सम्झौता हुने

काठमाडौ २३ असोज । करिब २३ बर्ष पछि चिनले नेपालको राष्ट्रपति स्तरको भ्रमण गर्ने भएको छ । आगामी २५ गते शनिबार (अक्टोवर १२) चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँने तयारी भएका छन् । सीले नेपालमा करिब २० घण्टा विताउँनेछन् ।

शनिबार बेलुका ४ बजे उनी काठमाडौ आईपुग्नेछन् । सोही दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भारत हुँदै नेपाल आउँन लागेका सी आईतबार १२ बजे फर्कनेछन् ।
सो अवधिमा उनी काठमाडौको सोल्टी होटलमा रहनेछन् । उनलाई बिमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माल ओलीले स्वागत गर्नेछन् । आईतबार प्रधानमन्त्री ओली र सीको उपस्थितिमा नेपाल – चीन उच्च स्तरीय बैठक बस्नेछ । बैठक पछि आधा दर्जन भन्दा बढी सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुन् । २०४० साल चैत ६–१० मा तत्कालिन राष्ट्रपति ली सियान्नियानले नेपाल भ्रमण गरेका थिए । २०५३ मा तत्कालीन राष्ट्रपति जियाङ जमिनले मंसिर १९ र २० मा नेपालको राजकीय भ्रमण गरेका थिए । सीको स्वागतका लागि काठमाडौ श्रृगारको कार्य तिव्र पारिएको छ ।

राष्ट्रपति सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरेको छ । यसबारे दुई मोडलमा छलफल भइरहेको स्रोतले बताएको छ । पहिलो मोडल अन्र्तगत चीनले नै रेलमार्ग निर्माणको घोषणा गर्नुपर्ने भन्ने राखिएको छ भने दोस्रो मोडलमा मुख्य नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने र ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने खालको मोडल तय भएको छ । त्यस्तै, कोरोला नाकामा सुक्खा बन्दरगाह निर्माणको घोषणा हुने सम्भावना पनि उत्तिकै छ । यस अघि नेपालले चिनियाँ पक्षलाई कोरोला नाकामा सुक्खा बन्दरगाह निर्माणमा अनुदान सहयोगका लागि आग्रह गरेको थियो । यसमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ । कोरोलामा सुक्खा बन्दरगाहसँगै पोखरादेखि कोरोला नाकासम्म दुई लेनको सडक निर्माणमा सहयोग गर्नसमेत प्रस्ताव गर्ने भएको छ । वाणिज्य मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत चीनसँग आग्रह गर्ने भएको हो । नेपालले जलविद्युत् आयोजनामा लगानी गर्नका लागि दूधकोसी, फुकोट कर्णालीजस्ता चार जलविद्युत् आयोजना विकासका एजेन्डासमेत अघि बढाउने तयारी गरेको छ । साथै नेपाल–चीन सुपर्दगी सन्धी, रसुवागढी –काठमाडौं सडक, किमाथाङ्का–हिले सडक, दिपायल–दक्षिण चीन जोड्ने सडक, टोखा–बिदुर–नुवाकोट सडक, गल्छी–रसुवागढी–केरुङ विद्युत प्रसारण लाईन, ७ सय ६२ मेगावाट क्षमताको तमोर हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, फुकाट–कर्णाली हाइड्रो इलेक्ट्रीसिटी प्रोजेक्ट, मदन भण्डारी विश्वविद्यालय निर्माण, अद्योगिक पार्क लगायतका विषयमा अहिल दुई देशबीच छलफल चलिरहेका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x