नेप्सेमा ५.०८ अंकको वृद्धि, सूचिकृत सबै समूहको उपसूचकमा सुधार

काठमाडौं, २८ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार (आज) सेयर बजारमा सुधार देखिएको छ । दशैं सकिए पश्चात पहिलो पटक सेयर बजारमा सुधार देखिएको हो । आज नेप्से ५.०८ अंकले वृद्धि भई ११४२.०४ विन्दुमा रोकिएको छ ।

आज २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । हिजो २१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको थियो । १ सय ५२ कम्पनीको ७ लाख ५६ हजार ८ सय ९७ कित्ता सेयर खरिद–विक्री भएको छ । त्यस्तै नेप्सेमा सूचिकृति १२ समूहकै उपसूचकमा सुधार देखिएको छ । सबैभन्दा बढी उपसूचक वृद्धि हुनेमा जीवन विमा कम्पनी रहेको छ । उक्त जीवन बीमा कम्पनीको उपसूचकमा ३१.१५ अंकले सुधार भएको हो ।

त्यसैगरी आज सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंक लिमिटेड भएको छ । उक्त बैंकको ४ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *