Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सबैभन्दा बढी वित्तीय पहुँच गण्डकी प्रदेशमा

सबैभन्दा बढी वित्तीय पहुँच गण्डकी प्रदेशमा

काठमाडौं, ३ कात्तिक । पछिल्लो समय सबैभन्दा बढी बैंकिङ्ग पहुँच गण्डकी प्रदेशमा पुगेको देखिएको छ । प्रदेशगत रुपमा प्रतिबैंक शाखा जनसंख्या अनुपात सबैभन्दा कम गण्डकी प्रदेश र सबैभन्दा बढी कर्णाली प्रदेशमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गण्डकी प्रदेशमा १ हजार १९० वटा बैंक तथा वित्तीय संस्थाका शाखा पुगेको छ । प्रति बैंक शाखा जनसंख्या २ हजार २ सय ५७ जना छन् । यो संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो ।

त्यस्तै, प्रदेश नम्बर ३ मा बैंक तथा वित्तीय संस्थाका २ हजार २ सय ३१ शाखा पुगेका छन् । प्रति बैंक शाखा जनसंख्या २ हजार ७ सय ७० परेका छन् । प्रदेश नम्बर ५ मा एक हजार ७ सय ४, प्रदेश नम्बर १ मा एक हजार ४ सय ५६, प्रदेश नम्बर २ मा एक हजार २ सय २३, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेमा ६ सय ४७ वटा बैंक तथा वित्तीय संस्थाको शाखाहरु पुगेका छन् ।

त्यसैगरी प्रदेश नम्बर ३ मा प्रतिबैंक शाखा ३ हजार ४ सय ८१ जनसंख्या परेको छ । प्रदेश नम्बर २ मा प्रतिशाखा ४ हजार ९ सय ३८, कर्णाली प्रदेशमा प्रतिशाखा ४ हजार ९ सय ५८, सुदूर पश्चिम प्रदेशमा प्रतिशाखा भागमा ४ हजार ४ सय ९ जनसंख्या परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x