Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

आईपिओका लागि २९ कम्पनीले दिए बोर्डमा निवेदन, १९ अर्बको आईपिओ आउँदै

आईपिओका लागि २९ कम्पनीले दिए बोर्डमा निवेदन, १९ अर्बको आईपिओ आउँदै

काठमाडौं, ५ कात्तिक । नेपाल धितोपत्र बोर्डमा २९ कम्पनीहरुले साधारण सेयर (आईपीओ) जारी गर्न आवेदन दिएका छन् । पूर्वाधार बैंक, बिमा कम्पनी, जलविद्युत कम्पनी, मर्चेन्ट बैंकर र सेवा क्षेत्रका कम्पनीहरुले आईपिओका लागि आवेदन दिएका हुन् । बोर्डका अनुसार कम्पनीहरुले १९ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएका छन् ।

नेपाल इन्फास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपिओ जारी गर्न बोर्डमा निवेदन दिएको छ । नेपाल पुनर्बीमाले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने निवेदन दिएको छ । सीआईबीएल क्यापिटलले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपिओ जारी गर्न निवेदन दिएको हो ।

चन्द्रागिरी हिल्सले १० करोड, डिसहोम मिडियाले २० करोड, अजोड इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशनको तयारी गरेका छन् ।

त्यस्तै, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स, रिलायवल, आईएमई, सानिमा, प्रभु लाइफ, महालक्ष्मी लाइफ, युनियन लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबरको ६ करोड २८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x