Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी बैंकको ‘माई कार्ड आईडियाज’ विजेता टीशा श्रेष्ठ

लक्ष्मी बैंकको ‘माई कार्ड आईडियाज’ विजेता टीशा श्रेष्ठ

काठमाडौं, ५ कात्तिक । लक्ष्मी बैंकले सञ्चालन गरेको ‘माई कार्ड आईडियाज’ क्राउडसोर्सिङ्ग प्रतियोगिताको विजेता टीशा श्रेष्ठ भएकी छिन् । बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मलन गरि उक्त प्रतियोगिताको विजेता श्रेष्ठलाई घोषणा गरेको हो ।

क्राउडसोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकले नयाँ भिसा कार्डको डिजाईन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता करिब एक महिना अगाडीदेखि सञ्चालन गरेको थियो । कार्डमा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरि सात वटै प्रदेशका विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकले नयाँ भिसा कार्ड डिजाइन गर्न आह्वान गरेको थियो ।

उक्त आह्वन अनुरुपको कार्ड श्रेष्ठले डिजाईन गरेकी हुँदा उनलाई धेरै प्रतिस्पर्धीहरुबाट विज्ञ निर्णयकहरुको समूहले छनोट गरेको बैंकले जनाएको छ । विजेता श्रेष्ठले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । हाल बैंकले एक सय १५ वटा शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, एक सय ४० वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x