बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर १२ मा आम निर्वाचन हुदै
काठमाडौं, १३ कात्तिक । बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनको निर्वाचन प्रस्ताव संसदको तल्लो सदन हाउस अफ कमन्सले बहुमतले पारित गरेको छ । यो सँगै अब डिसेम्बर १२ मा आमनिर्वाचन हुने भएको छ ।
निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० मत परेको थियो । यसबाट ४१८ को बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव सफल भएको हो । यसअघि प्रधानमन्त्री कोर्बिनले तीन पटकसम्म ल्याएको सो प्रस्ताव संसदले अस्वीकृत गरेको थियो ।
अव निर्वाचनसम्बन्धी विधेयक माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गरेपछि कानुनको रुप लिने छ । बेलायतमा सन् १९२३ पछि आगामी डिसेम्बरमा गर्न लागिएको यो पहिलो चुनाव हो ।