Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब नेपालमा नै सुरुङ इन्जिनियरिङ अध्यापन

अब नेपालमा नै सुरुङ इन्जिनियरिङ अध्यापन

काठमाडौं १७ कार्तिक । अब देखि नेपालमा नै चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराले नेपालमा ने पहिलोपटक स्नाकोत्तर तहमा यस्तो अध्यापन गराउँने भएको हो ।

गण्डकी प्रदेश सरकार र नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु) विश्वविद्यालयको सहयोगमा स्नातकोत्तर तहमा आगामी शैक्षिकसत्र वैशाख १७ गतेदेखि अध्यापन गर्ने लक्ष्यअनुसार पाठ्यक्रम तयार गरिएकोे क्याम्पसले जनाएको छ। पाठ्यक्रम तयार गर्नका लागि क्याम्पसले दुई दिने विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकको सम्मेलन आयोजना गरी इञ्जिनीयरिङ अध्ययन संस्थानको स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरेको छ ।
नेपालमा ब्याचलर अफ सिभिल इञ्जिनीयरिङको कोर्षमा टनेल इञ्जिनीयरिङ विषय अध्यापन हुने हुँदै आएको छ । तर, स्नातकोत्तर तहमा भने पहिलो पटक यो बिषयलाई समेटिएको हो । यसले चट्टान तथा सुरुङका क्षेत्रमा आवश्यक योग्य जनशक्ति उत्पादनमा सहयोग गर्ने क्याम्पसको विश्वास छ ।

प्रस्तावित पाठ्यक्रममा भौगोलिक अवस्थाको अन्वेषण, टनेल डिजाइन, कन्स्ट्रक्सन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय समेटिएकोछ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्ने उद्देश्यले १० लाख बजेट विनियोजन गरेको थियो ।

पोखरासहित काठमाडौँको पुल्चोक क्याम्पसमा पहिलो ब्याचमा २०/२० जना विद्यार्थी राखेर टनेल इञ्जिनीयरिङ विषय अध्यापन गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x