सानिमा बैंकको नाफामा बृद्धि

काठमाडौं, १७ कात्तिक । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । बैंकले तेस्रो त्रैमासमा ५९ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो ।

चालु वर्षमा बैंकले १ अर्ब १४ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकले ९५ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *