Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

घरायसी क्षेत्रलाई बिजुली दिएर ‘लोकप्रिय’ बनेका कुलमानले बुझेनन् उद्योगका दुःख

घरायसी क्षेत्रलाई बिजुली दिएर ‘लोकप्रिय’ बनेका कुलमानले बुझेनन् उद्योगका दुःख

काठमाडौं, १७ कार्तिक । विगतमा विद्युत् प्राधिकरणको नेतृत्वले ‘बिजुली लुकाएको’ र आफूले त्यसलाई खोजेर वितरण गरेको भन्दै लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कामललाई विश्व बैंकको डुइङ विजनेस रिपार्टले भने कमजोर देखाएको छ । उद्योगले उपभोग गर्दै आएको बिजुली कटौती गरी घरायासी क्षेत्रमा बाँडेर स्वघोषित लोडसेडिङ अन्त्य गरी चर्चा कमाएका घिसिङले औद्योगिक क्षेत्रमाथि भने अन्याय गरेका छन् । उनले औद्योगिक क्षेत्रलाई डेडिकेटेड (समर्पित) लाइनका रुपमा बिजुली दिएको भन्दै महँगो शुल्क तिराउने, औद्योगिक क्षेत्रमा ब्ल्याक आउट गर्ने लगायतका काम गरी उद्यमीहरुलाई दुःख दिइरहेका छन् । नेपालमा उत्पादनमूलक उद्योगलाई धराशयी बनाई भारतबाट आयात बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण उनलाई भारतले राम्रो सहयोग गरी बिजुली निर्यात सम्झौता नवीकरण गरिदिइरहेको छ । कुलमान घिसिङलाई ठूलो सुधारकका रुपमा प्रचार गरिएपनि उनको दुर्नियत डुइङ विजनेस रिपोर्ट, २०२० मा झल्किएको छ ।

नेपालको औद्योगिक क्षेत्रलाई मास्दा स्वतः भारतीय उद्योगको पक्षपोषण हुने भारतीयहरुको बुझाइ छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि कुलमान घिसिङले आफ्नो कामको व्यवस्थापनभन्दा मिडिया व्यवस्थापनलाई बढी प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । वितरण र प्रसारण प्रणाली सुधारमा उनको कार्यदक्षता शून्य देखिएको छ । चर्चा बटुल्न कहिले फिल्डमा स्थानीयसँग झगडा गरेको भिडियो भाइरल बनाउने, कहिले कसैको मोटरसाइकल पछाडि बसेर फिल्ड निरिक्षणमा हिँडेको जस्ता तमासा देखाउने गरेका छन् । तर घिसिङको कारण औद्योगिक क्षेत्र प्रताडित बन्न पुगेको छ ।

विश्व बैंकको डुइङ विजनेस रिपोर्टमा नेपाल १६ स्थान सुधार गरी ९४औं स्थानमा उक्लेको छ । राम्रो व्यवसायिक वातावरणका लागि अपरिहार्य सुलभ र विश्वसनीय विद्युत् आपूर्तिका सवालमा भने नेपाल समग्रतामा प्राप्त गरेको स्थानभन्दा निकै कमजोर देखिएको छ । औद्योगिक क्षेत्रले विद्युत् आपूर्तिमा समस्या भोग्नुपरेकाले नेपालको स्थान अझै कमजोर रहेको हो । सुलभ विद्युत् आपूर्तिमा नेपालको स्थान १९० देशमध्ये १३५औं स्थानमा छ । नेपालले कर्जा प्राप्ति र बाह्य व्यापारमा जस्तै सुधार नेपाल विद्युत् प्राधिकरणबाट औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिमा भएको भए नेपाल ९० स्थान भित्रै रहने विश्लेषकहरु बताउँछन् । घिसिङले आफ्नो लोकप्रियताका लागि घरयासी क्षेत्रमा विद्युत् बाँडेर उद्योगधन्दा चौपट राख्ने नियतकै कारण विद्युत् आपूर्ति सम्बन्धि सूचकमा नेपाल निकै कमजोर देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x