Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सातै प्रदेशका प्रमुख पदमुक्त

सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं १७ कार्तिक । सातै प्रदेशका प्रमुखहरु पदमुक्त भएका छन । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेकी हुन् । यस अघि शेरबहादुर तामाङ कानून मन्त्री हुँदा पनि प्रदेश प्रमुखहरुलाई हटाउने सहमति भएपनि हटाउन सकिएको थिएन।

२०७४ साल माघ ३ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुखहरुको नियुक्त गरेको थियो। सरकारले प्रदेश १ मा गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदुरपश्चिममा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्टपति कार्यालयले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x