डेडिकेटेड र ट्रंकलाइन ग्राहकसँग बाँकी रहेको ११ अर्ब रकम उठाईने
काठमाडौ १८ कार्तिक । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका ग्राहकसँग ११ अर्ब बाँकी महशुल उठाउने निर्णय गरेको छ । प्राधिकरणले आफूले बनाएको एक समितिको सिफारिसअनुसार बाँकी महशुल उठाउने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको शनिबार बसेको बैठकले यसअघि बिलिङ भएका र बिलिङ हुन बाँकी रहेका सबै डेडिकेटेड र ट्रंक लाइन ग्राहकको महशुल यसअघि नै निर्धारित दररेट अनुसार उठाउने निर्णय गरेको हो ।
सञ्चालक समिति सदस्य भक्तबहादुर पुन संयोजकत्वको समितिले केही दिन अघि महशुल प्रतिवेदन बैठकले पारित गरेको छ। समितिका अनुसारर प्राधिकरणबाट २३० ग्राहकले डेडिकेटेड र ६७ वटाले ट्रंकलाइन सुविधा लिएका छन् । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका २९२ ग्राहकमध्ये १८४ वटामाथि प्रिमियम ट्यारिफ लगाइएको थियो भने ५८ वटा ग्राहकलाई लगाइएको थिएन । २०७५ असार मसान्तसम्म डेडिकेटेड ग्राहकबाट असुल्न बाँकी ५ अर्ब २० करोड रुपैयाँ महशुल उठ्न बाँकी छ । समितिले प्रिमियम ट्यारिफ नलगाइएका ग्राहकलाई पनि डेडिकेटेड सरहकै महशुल उठाउन सिफारिस गरेको थियो । यस्तो ग्राहकले प्राधिकरणलाई २०७५ असार मसान्तसम्म ४ अर्ब ४९ करोड महशुल तिर्न बाँकी थियो । हाल यी दुई पक्षका महशुल ११ अर्ब नाघिसेकको छ ।