सुनको भाउ २ सयले घट्यो
काठमाडौं, १८ कात्तिक । सोमबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यता, चाँदी भने भाउ भने स्थितर छ । आइतबारको तुलनामा स्थिर रहेर तोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।