Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं, २५ कात्तिक । एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुुनाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले २ अर्ब ४२ करोड १२ लाख रुपैयाँ बराबरको बोनस सेयर र १ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि आगामी साधारण सभामा पेश गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x