Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजारमा देखियो उत्साह, एनएमबि बैंकमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा देखियो उत्साह, एनएमबि बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं, २५ कात्तिक । सोमबार सेयर बजारमा उत्साह देखिएको छ। लगातार बजार घटेसँगै कारोबारमा पनि सुस्तता छाएको थियो । तर सोमबार भने नेप्से परिसूचक १३.७७ अंकले बढेको छ भने कारोबार पनि ५५ करोड रुपैयाँ बराबरको भएको छ।

एक सय ७५ कम्पनीको १९ लाख, ९५ हजार ४८ कित्ता सेयर ५४ करोड ९९ लाख रुपैयाँको खरिद विक्री भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंकको भएको छ । आज उक्त बैंकको १३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सोमबार ३५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता बैकमा झुम्मिएका हुन ।

नेप्सेमा सूचिकृत ११ समूहमध्ये अन्य समूहबाहेक १० समूहको उपसूचकमा वृद्धि भएको छ । अन्य समूहको ०.०९ अंकले उपसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x