Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थको नयाँ प्रक्षेपण, चालु आवको आर्थिक बृद्धिदर ७.०१ प्रतिशत

अर्थको नयाँ प्रक्षेपण, चालु आवको आर्थिक बृद्धिदर ७.०१ प्रतिशत

काठमाडौँ, २९ कात्तिक । चालु आर्थिक २०७६/७७ मा नेपालले ७.०१ प्रतिशत आर्थिक बृद्धि प्राप्त गर्ने अर्थमन्त्रालयले प्रक्षपण सार्वजनिक गरेको छ । सरकारले चालु आवको बजेट मार्फत ८.५ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरे पनि चालु आवको पहिलो तीन महिनाको अवधिमा बृद्धिदर खुम्चने अनुमान गरेको छ ।

अर्थ मन्त्रालयले सरकारी खर्च बढ्न नसक्ने अनुमान गरेको छ । कृषि क्षेत्रको बृद्धिदर कमजोर हुने अपेक्षा गरेको छ । चालु आवको पहिलो त्रैमासिकको आर्थिक गतिविधिलाई विश्लेषण गरी सुरुवाती लक्ष्यको तुलनामा १.४९ प्रतिशत विन्दुले कम हुने नयाँ पक्षपण सार्वजनिक गरेको छ ।

गत आवमा नेपालले ७.१ प्रतिशत बृद्धिदर हासिल गरेको थियो । विगत केही बर्ष देखि नेपालको आर्थिक बृद्धिदर बढ्दै गएको छ । त्यसैले अर्थमन्त्रालयले सार्वजनिक गरेको नयाँ पक्षपण अनुसार नेपालको आर्थिक बृद्धि भए पनि नेपाल आर्थिक बृद्धि गर्ने मुलुकहरुको सुचीमा पर्नेछ । २०७२ सालमा गएको भुकम्प र नाकाबन्दीका कारण भने सो आवमा नेपालका बृद्धिदर खुम्चिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x