सन्राइज बैंकको १२३ औं शाखा कैलालीको भजनीमा

काठमाडौं, २९ कात्तिक । सन्राइज बैंकले कैलालीस्थित भजनीमा १२३ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बिहीबार उक्त शाखा कार्यालयको उद्घाटन भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

त्यस्तै बैंकले थप दुई वटा एक्सटेन्सन काउण्टर पनि विस्तार गरेको छ । भक्तपुरस्थित दधिकोट र काठमाडौंको धापासीमा एक्सटेन्सन काउण्टरहरु विस्तार गरेको हो ।

हाल बैंकले एक सय २३ वटा शाखा कार्यालय, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४४ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *