कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

काठमाडौं, २९ कात्तिक । मोरङ्गको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले काउण्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन बैंक र अस्पतालबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा.गुणराज लोहनी र प्रभु बैंकका प्रदेश नं. १ कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही र अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउनु पर्नेछ ।

काउण्टर खुलेसँगै उपचारका लागि अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल र सहज रुपमा जम्मा गर्नपाउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *