चैतमा ग्रामिण विकास सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
काठमाडौं, २५ पुस । राजधानीमा आउँदो चैत ९ गते देखि ग्रामीण विकास सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा हुने सम्मेलनमा नेपालसहित १० देशको सहभागिता रहने विभागले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
विभागका प्रमुख तथा प्राध्यापक पुष्पकमल सुवेदीले सम्मेलनमा मुलुक संघीयतामा गएपछि विभिन्न देशमा भएका ग्रामीण विकासको अभ्यास र अवस्थाका बारेमा छलफल हुने बताए । साथै नेपालबाट कृषि, पर्यटन, जलवायु परिवर्तन, सुशासन, दीगो विकासलगायत ग्रामीण विकासका विविध आयाममा अन्र्तक्रिया हुने विभागले जनाएको छ ।
सो सम्मेलनबाट निष्कने निस्कर्षले सरकारको भावी योजना निर्माणका लागि पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान श्रीलंका, क्यानडा, अमेरिका लगायतका मुलुकमा विज्ञहरु सहभागि हुनेछन् ।