Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

वल्ड ट्रेड सेन्टरमा आजदेखि चीन–नेपाल आर्थिक मेला सुरु

वल्ड ट्रेड सेन्टरमा आजदेखि चीन–नेपाल आर्थिक मेला सुरु

काठमाडौं, ९ मंसिर । काठमाडौंको त्रिपुरेश्वर स्थित वर्ड ट्रेड सेन्टरमा आज देखि चिनियाँ तिब्बत –नेपाल आर्थिक तथा ब्यापारीक मेलाको आयोजना हुने भएको छ। चिनियाँ वाणिज्य मन्त्रालय र तिव्वत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा मेला हुन लागेको हो ।

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल तथा तिब्बत वीचको सदियौं पुरानो आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ मजवुत बनाउनुका साथै मेलाबाट नेपाल तथा तिव्वत वीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत अझ मजबुत बनाउन मेला आयोजना गरेको बताए ।

मेलामा ५० भन्दा बढी स्टलमा खाद्य पदार्थ, पेय पदार्थ, जडिबुटी, साइकल, मेसिनरी, कस्मेटिक सामानहरु प्रर्दशनी एवं बिक्रीका लागि राखिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x