Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल भारत पारवाहन सन्धि पुनरावलोकन गर्न समिति गठन

नेपाल भारत पारवाहन सन्धि पुनरावलोकन गर्न समिति गठन

काठमाडौं, १३ मंसिर । नेपाल भारत पारवाहन सन्धि पुनरवलोकन गर्न सरकारले समिति गठन गर्ने भएको छ । गत मंसिर ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा पुनरवलोकन समिति गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहसचिव ढकालको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिने जानकारी दिए।

त्यस्तै सरकारले गुठीसमेत समावेश गरी भूमिसम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्ने भएको छ । सरकारले सो विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको मन्त्री विष्ट जानकारी दिए । गुठीसम्बन्धि व्यवस्था पनि समावेश हुने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको उनले बताए । यसअघि सरकारले संसद्‍मा छुट्टै गुठी विधेयक दर्ता गरेपछि व्यापक विरोध भएपछि सरकारले सो विधेयक फिर्ता गर्नुपरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x