सन् २०१९ को ‘बैंक अफ द एयर’ अवार्ड मेगा बैंकलाई

काठमाडौं, १३ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले सन् २०१९ को ‘बैंक अफ द एयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका फाइनान्ससियल टाइम्सले उक्त अवार्ड प्रदान गरेको हो ।
बिहीबार लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष भोज बहादुर शाह र बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका हुन् । फाइनान्ससियल टाइम्सले विश्वभरीका एक हजारभन्दा बढी बैंकहरुमध्येबाट करिव एक सय २० देशका एक- एक बैंकलाई यो अवार्डद्वारा प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

त्यस्तै यसै साता बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसगरे वापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्रसमेत प्राप्त गरेको थियो ।