Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजार पुनः ओरालो तर्फ, बजार र कारोबार रकम दुवैमा गिरावट

सेयर बजार पुनः ओरालो तर्फ, बजार र कारोबार रकम दुवैमा गिरावट

काठमाडौं, २६ पुस । साताको चौथो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । केही दिन यता लगातार बढेको बजार आज १५.७८ अंकले घटेर १४४०.२९ बिन्दुमा बन्द भयो ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । बीमा समूहको परिसूचक सबैभन्दा बढी १६९.९२ अंकले घटेको छ । बैंकिङ समूहको १०.८२, होटल २०.२८, माइक्रोफाइनान्स २३.९७ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २७.८९ अंकले घटेको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ५० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक सय ५७ कम्पनीको ३७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । जसमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भयो । फरवार्ड कम्युनिटि माईक्रोफाइनान्स वित्तिय संस्थाका लmगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउने कम्पनीको अग्रस्थानमा रह्यो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x