Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विलासिताका बस्तु खरिदमा सहुलियत दिन सकिन्न: गभर्नर नेपाल

विलासिताका बस्तु खरिदमा सहुलियत दिन सकिन्न: गभर्नर नेपाल

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विलासिताका बस्तुहरुमा सहुलियत कर्जा दिन नसकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसमा गभर्नर नेपालले कृषि तथा उत्पादनमुलक क्षेत्रमा सहुलियत रुपमा कर्जा प्रवाह गरेको भन्दै गाडी तथा घर खरिद गर्न सहुलियतपूर्ण कर्जा दिन नसकिने बताएका हुन् ।

कार्यक्रममा विभिन्न व्यवसायीक संगठनका प्रतिनिधिहरुले राष्ट्र बैंकले बैंकहरुको व्याजदरलाई नियन्त्रण गर्न नसकेको गुनासो गरेका थिए । तर, उक्त गुनासोलाई सम्बोधन गर्दै गभर्नर नेपालले निक्षेपकर्ता र ऋणीको गुनासालाई व्यालेन्समा राखेर व्याजदर तोक्ने गरेको जानकारी दिए ।
त्यस्तै राष्ट्र बैंकले कुनैपनि नीति बनाउँदा दीर्घकालीन फाइदा हुने गरी सोच बिचार गरेर बलाउँने भएकाले तत्कालिन रुपमा केही असहज भएपनि त्यसलाई सबैले मान्नुपर्ने उनको भनाई छ ।

त्यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकको व्याजदर व्यवसायमा चुनौति बन्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव प्रभाव उपभोक्तामा पर्ने जानकारी दिए । त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले सरकारले व्यवहारिक कानुन बनाउन नसकेकाले त्यसको मार व्यवसायीलाई पर्ने गरेकोले त्यसलाई सरकारले सोच्नु पर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x