Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

चितवनको पिठुवामा सन्राइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा

चितवनको पिठुवामा सन्राइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, २३ मंसिर । सन्राइज बैंक लिमिटेडले चितवनको रत्ननगर नगरपालिका १४ पिठुवामा शाखारहित बैंकिङ सेवा सुरु गरको छ । बैंकको यो ४० औं शाखारहित बैंकिङ सेवा हो ।

बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्य अनुसार सो स्थानबाट सेवा सुरु गरेको बैंकले जनाएको छ । अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हालसम्म बैंकले १२६ वटा शाखा,४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x