Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कर्जा प्रवाहमा अनुचित लाभ लिने ११ वाणिज्य बैंकका सिईओ सम्पति शुद्धीकरण अनुसन्धानको घेरामा

कर्जा प्रवाहमा अनुचित लाभ लिने ११ वाणिज्य बैंकका सिईओ सम्पति शुद्धीकरण अनुसन्धानको  घेरामा

काठमाडौं, २५ मंसिर । सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) माथि अनुसन्धान अघि बढाएको छ। विभागले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत माथि अनुसन्धान थालेको भएपनि ११ जना माथि भने सघन अनुसन्धान अघि बढाएको पाइएको छ।

कर्जा प्रवाह गर्दा गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो बढ्दै गएपछि विभागले गतसाउनमा सिईओ सहित ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारीको विवरण संकलन गरेको थियो । त्यसयता निरन्तर अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

‘११ जनाको सूचिमा नेपाल बैंकर्स संघका वर्तमान देखि पूर्वपदाधिकारीहरु सम्म छन् । ’ स्रोतले –‘ भन्यो केही नयाँ अनुहार पनि छन्। हामी गहन अनुसन्धान गरिरहेका छौं, छिटै टुंगिन्छ । ’ उनीहरुले अनुचित लाभ लिने गरि कर्जा प्रवाह गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

विभागले यतीधेरै बैंक तथा वित्तीय संस्थाका उच्च पदाधिकारीहरु माथि अनुसन्धान अघि बढाएको यो पहिलो घटना हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x