डिप्रोक्स लघुवित्तद्वारा ४५ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २५ मंसिर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४५ प्रतिशत लाभांश घोषणा गरेको छ। आज सम्पन्न कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित १५ प्रतिशत नगद गरि ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले बोनस र नगद गरि कूल ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँको लाभांश बाँड्ने छ।

गत आर्थिक वर्षमा पनि डिप्रोक्सले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *