Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

राजस्व छलि गरेको आंशकामा एक हजारभन्दा बढी कम्पनीमाथि छानबिन प्रक्रिया सुरु

राजस्व छलि गरेको आंशकामा एक हजारभन्दा बढी कम्पनीमाथि छानबिन प्रक्रिया सुरु

काठमाडौं, ६ पुस । राजस्व अनुसन्धान विभागले राजस्व छलेको आशंकामा एक हजारभन्दा बढी कम्पनीमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । विभागले नक्कली बिजक बिक्री गर्ने एक सय ३० फर्म र त्यस्ता बिल खरिद गर्ने ९ सय ८१ फर्ममाथि अनुसन्धान अघि बढाएको हो ।
झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल खरिद गरी राजस्व छल्नेमा अस्पताल, खुद्रा तथा थोक बिक्रेता, जलविद्युत् कम्पनीदेखि बहुराष्ट्रिय कम्पनी समेत रहेको विभागले जनाएको छ । जसले १३ अर्बभन्दा बढी राजस्व छली गरेको देखिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागले एक वर्ष अघिदेखि झुटा तथा नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरिरहेको छ । त्यसमध्ये विभागले ५२ फर्मविरुद्ध अदालतमा मुद्दासमेत दायर गरिसकेको छ । ‘५७ कम्पनीमाथि तीव्र अनुसन्धान भइरहेको छ, १८ विरुद्ध मुद्दा नै दायर गरिसकेका छौँ,’ उनले भने, ‘नक्कली बिजकको कारोबार गरी राजस्व छल्ने कार्यमा संलग्न फर्मको संख्या अझ बढ्न सक्ने देखिन्छ ।’
अनुसन्धानमा रहेका ९ सय ८१ मध्ये १ सय ३० फर्मले मात्रै १२ अर्बभन्दा बढी रकमको नक्कली भ्याट बिल खरिद गरेको पाइएको विभागले जनाएको छ । अनुसन्धान अघि बढ्दै जाँदा राजस्व छली र त्यसमा संलग्न फर्मको संख्या बढ्दै गएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *