सन्राइज बैंकको रकम अब मास्टरकार्डबाट पनि निकाल्न सकिने

काठमाडौं , ७ पुस । सन्राइज बैंकमा रहेकोे रकम अब अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक मास्टर कार्डबाट पनि निकाल्न सकिने भएको छ । आफ्ना ग्राहकहरुलई विश्वस्तरिय सेवा दिने उद्देश्यका साथ एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार सो कार्डबाट स्वदेशी नागरिक तथा विदेशी पर्यटकले सहजै रकम निकाल्न सक्ने छन् । बैंकले यस अघि भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना एटिएम र पोइन्ट अफ सेल मार्फत भिषा कार्डहरु स्वीकार गर्दै आएको थियो ।

हालसम्म बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *