निजगढमा हिमालयन बैंकको शाखा संचालन

काठमाडौं, ७ पुस । हिमालयन बैंकले बाराको निजगढमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंक संचालक समिति अध्यक्ष मनोज बहादुर श्रेष्ठले आज सो शाखाको उद्घाटन गरे । योसँगै बैंकको शाखा संख्या ६४ पुगेको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो शाखाबाट अत्याधुुनिक बैंकिङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा सघाउ पुर्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *