Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चिनियाँ लागनीकर्तालाई नेपालको पूर्वाधार विकासमा लगानी गर्न उपाध्यक्ष ढकालको आग्रह

चिनियाँ लागनीकर्तालाई नेपालको पूर्वाधार विकासमा लगानी गर्न उपाध्यक्ष ढकालको आग्रह

काठमाडौं, ७ पुस । सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले नेपालको सूचना प्रविधि र पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । चीनमा आयोजित ‘डीपेन दि शिल्करोड कोअपरेशन जीनान २०१९, साउथ एशिया एण्ड साउथ इष्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयर’लाई सम्बोधन गर्दै उनले नेपालको सूचना प्रविधि र पूर्वाधारमा गरिएको लगानीले अधिकतम फाईदा हुने बताएका हुन् । उनले लगानीकर्ताहरुलाई रेल, सडक, हवाई उड्डयन र एयरपोर्टमा लगानी गर्न आग्रह गरेका हुन् ।

सम्मेलनमा उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (वीआरआई) अन्तरगत चीनले अहिले नेपाल सहित वंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, अफगानिस्थान लगायतका देशलाई लिंक रोडको रूपमा अगाडि बढाएको चर्चा गरे । बीआरआईको भरपुर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नु पर्ने र यसका लागि चीनले उपलव्ध गराउने भनिएका सुख्खा तथा समुद्री वन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्ने उपाध्यक्ष ढकालको धारणा छ ।

त्यस्तै नेपाली एयरलाईन्सलाई चीनका विभिन्न महत्वपूर्ण शहरहरूमा उडान अनुमति दिइएपछि नेपालमा चीन लगायत चीन भएर आउने पर्यटकहरूको संख्यामा समेत उल्लेख्य वृद्धि हुन सक्ने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x