Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

व्यवसायिक क्षेत्रमा देखापरेका समस्याको समाधान हुन्छन् : मन्त्री भट्ट

व्यवसायिक क्षेत्रमा देखापरेका समस्याको समाधान हुन्छन् : मन्त्री भट्ट

काठमाडौं, १९ पुस । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसायिक क्षेत्रमा देखापरेका समस्याको समाधान गर्न आफु र मन्त्रालय सधै तयार रहेको बताएका छन् । गत शुक्रबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्ने पक्षमा आफू रहेको बताएका हुन् ।

उनले व्यापार घाटा न्यूनिकरण गर्न निर्यात योग्य बस्तुहरुको देशगत एवं वस्तुगत रुपमा विविधिकरण गर्नु पर्ने आवश्यकता रहेको औल्याएका छन् । वस्तुको उत्पादनदेखि निकासी बजार तहसम्म प्रर्वद्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको पनि मन्त्री भट्टले दाबी गरे ।

सो अवसरमा चेम्बका अध्यक्ष श्रेष्ठले औद्योगिक व्यवसायिक ऐनले दिएको सहुलियत सुविधा आर्थिक ऐनले नकाट्न आग्रह गरे । उनले स्थानीय कर र अन्य करको चाप बढेको भन्दै व्यवसायको लागत बढेकोले कम झन्झटिलो बनाउनु पर्ने माग गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x