Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

नेपाली अधिकारीहरुको दोस्रो व्याचलाई भ्रष्टाचार विरुद्ध विशेष कोर्षको प्रशिक्षण सुरु

नेपाली अधिकारीहरुको दोस्रो व्याचलाई भ्रष्टाचार विरुद्ध विशेष कोर्षको प्रशिक्षण सुरु

काठमाडौं, २२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुको दोस्रो ब्याचलाई भ्रष्टाचार विरुद्ध विशेष कोर्ष प्रशिक्षण भारतको गान्धी नगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा सुरु भएको छ । ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा सोमबारदेखि सुरु भएको प्रशिक्षण आगामी पुस २६ गतेसम्म चल्ने छ । प्रशिक्षणमा नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन थप सहयोग पुग्ने सहभागीको अपेक्षा छ ।

दास्रो व्याचको प्रशिक्षणमा आयोगका २१ जना अधिकारीहरु सहभागी रहेका छन् भने यस अघि २१ जनाले पहिलो ब्याचको प्रशिक्षण लिएका थिए । उनीहरुले गत मंसीर ३० गतेदेखि पुस ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिएका थिए ।

सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४२ जना अधिकारीका लागि यो कार्ष तयार पारिएकोे हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन र सुशासन कायम राख्न यो कोर्षलाई विशेष रुपमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ बनाउँन यो प्रशिक्षणले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *