Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

धितोपत्र बोर्डले सर्वसाधारणलाई सेयर बजारको पुनः प्रशिक्षण दिने

धितोपत्र बोर्डले सर्वसाधारणलाई सेयर बजारको पुनः प्रशिक्षण दिने

काठमाडौं, २५ पुस । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताहरुका लागि निःशुल्क सेयर बजारको पुनः प्रशिक्षण सञ्चालन गर्ने भएको छ। बोर्डले लगानीकर्ताहरुको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक महिना दिँदै आएको प्रशिक्षण केही समयको अवरोधपछि पुनः माघ १० गते सञ्चालन गर्न लागेको हो ।

तालिम लिन इच्छुक लगानीकर्ताले फोन तथा इमेलबाट आफ्नो नाम टिपाउनु पर्नेछ। पहिलो तालिम दिउँसो साढे एक बजेदेखि सुरु हुनेछ। तालिमका लागि माघ ८ गतेसम्ममा आफ्नो नाम टिपाउनु पर्नेछ। यस्तो तालिमलाई बोर्डले आगामी दिनमा निरन्तरता दिँदै जाने बोर्डका उप–कार्यकारी निर्देशक दीपा दाहालले जानकारी दिइन् ।

बोर्डको नीतिअनुसार सर्वसाधारणलाई प्रत्येक महिना सञ्चालन गर्दै आएको प्रशिक्षण निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्कीको कार्यकाल गत असोजमा समाप्त भएपछि बन्द भएको दाहालले बताईन् । अब बोर्डमा अध्यक्ष नियुक्त भएसँगै सार्वसाधारणको आकर्षण हेरेर प्रत्येक महिनाको अन्तिम शुक्रबार सेयर बजारको आधारभूत तालिम प्रदान गर्ने उनले जानकरी दिईन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x