भोलि देखि जनकपुर उडान भर्दै श्रीएयरलाईन्स

काठमाडौं, २९ पुस । श्री एयरलाइन्सले माघ १ देखी जनकपुरमा उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै श्रीले दैनिक एउटा उडान गर्ने तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सका अनुसार तत्कालका लागि भाडादर ३ हजार ४ सय देखी ४ हजार ३ सयसम्म तोकिएको छ । ८० सिट क्षमता भएको क्यू ४०० जहाजबाट उडान गर्ने श्रीको योजना छ ।

श्रीले लामो समयदेखी जनकपुर उडानको लागि अनुमति मागिरहेको थियो । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा श्रीको उडानले त्यस क्षेत्रका हवाई यात्रुहरुलाई थप सहयोग पुग्ने अपेक्षा राखिएको छ । श्रीको जहाज काठमाडौंबाट दिउँसो १२ बजेर ३० मिनेटमा उड्ने छ भने जनकपुरबाट १ बजेर ३० मिनेटमा काठमाडौं आउने छ । श्रीले सिमरामा पनि माघको पहिलो साता भित्रै उडान गर्ने योजना बनाएको छ । यस्तै पर्यटकीय नगरी पोखरामा पनि उडानका लागि तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *