कोरोनाको संक्रमण फैलदै, विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं, १७ माघ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म २ सय १३ जनाले ज्यान गुमाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २ सय १३ जनाको मृत्यु भएको जनाएको छ ।

हुपेई प्रान्तमा हिजो मात्रै थप ४२ जनाको मृत्यु भएको छ । चीनका विभिन्न भागमा करिब १० हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । जेनेभामा बसेको डब्ल्यूएचओको आपत्कालीन बैठकले कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकालका रुपमा घोषणा गरेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *