Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

चीनबाट फर्कन चाहाने नेपालीको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

चीनबाट फर्कन चाहाने नेपालीको उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ माघ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको असर फैंलदैं गर्दा अन्य देशले चीनमा रहेका आफ्ना नागरिकहरुको उद्दार गरेर लगिसकेका छन् । अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, भारतका नागरिकहरु फिर्ता भैसकेकोमा नेपाल सरकारले पनि गत साता देखि नै चीनबाट फर्कन चाहानेहरुलाई फिर्ता ल्याउने तयारी शुरु गरेको बताएको छ । तर उद्दारमा ढिलाइ भैरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यहाँ रहेका स्वदेश फर्कन चाहाने नेपालीहरुलाई छिटो फर्कने प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार, १८० नेपालीहरुले स्वदेश फर्कन इच्छा देखाएका छन् । ती मध्ये अधिकांश विद्यार्थी छन् । तर त्यहाँ रहेका नेपालीहरुलाई पनि नोभेल कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने आशंकामा उनीहरुलाई क्वारेन्टाइनको प्रबन्ध मिलाएर मात्र नेपाल ल्याउन तयारी भैरहेको सरोकारवालाले जनाएका छन् ।
चीनमा रहेका नेपालीका परिवारले भने सरकारले आफ्ना नागरिक फर्काउन संवेदनशीलता नदेखाएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् । फर्काइका नेपालीहरुमा संक्रमण रहे या नरहेको निगरानीका लागि कम्तीमा दुई सातासम्म उनीहरुलाई अन्य व्यक्तिहरुसँग सम्पर्क नहुने गरी राख्नुपर्छ । यसका लागि नेपाली सेनाको शिवपुरीस्थित तालिम केन्द्र, इचंगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सूर्यविनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनस्थल बनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x