Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच पेमेन्ट गेटवे सम्झौता

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबीच पेमेन्ट गेटवे सम्झौता

काठमाडौं, २४ माघ । नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ र नबिल बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले हस्ताक्षर गरेका हुन् ।

नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारी नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधामार्फत् सम्पूर्ण भिजा र मास्टर कार्डहरुको प्रयोगबाट पोष्टपेड तथा प्रीपेड मोवाइलमा टपअप गर्न सक्ने बताइएको छ । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x