Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट र प्राईम इन्स्योरेन्सको घुम्ति बीमा सेवा ठाकुरबाबामा

एभरेष्ट र प्राईम इन्स्योरेन्सको घुम्ति बीमा सेवा ठाकुरबाबामा

काठमाडौं, २६ माघ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा बर्दियाको ठाकुरबाबामा घुम्ति बिमा सेवा सञ्चालन गरेका छन् । सर्वसाधारणको घरदैलोबाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बिमा सेवा संचालन गरिएको हो ।

उक्त घुम्ति सेवा कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापाँगाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनीमार्फत् घुम्ती बीमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहको चाहना बमोजिम भविश्यको लागि बचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । त्यसैगरी कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गर्दै व्यवसाय सञ्चालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायीहरुलाई अनुरोधसमेत गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x