Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश वितरण गर्ने

डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, २६ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लघुवित्तको आज चितवनमा सम्पन्न १८औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपश्चात् संस्थाको चूक्तापूँजी १ अर्बभन्दा बढी पुग्ने छ ।

सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त लघुवित्त वित्तीय संस्थाको खोजी गर्ने, मर्जर तथा प्राप्ति सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर गर्ने र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

त्यस्तै संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ भने ५ अर्व रुपैयाँ निक्षेप संकलन गरको छ । ७१ जिल्लामा शाखा विस्तार गरिसकेको संस्थाको ग्राहक संख्या २ लाख २० हजार छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x