पर्यटन क्षेत्रको विकास नै मेरो प्राथमिकता : प्रमुख कार्यकारी अधिकृत रेग्मी

काठमाडौं, २६ माघ । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको विकास नै आफ्नो प्राथमिकतामा भएको बताएका छन् । रेग्मीले नेपालको पर्यटन क्षेत्रमा रहेका सम्भावना, समस्या र चुनौतीलाई आत्मसात गर्दै अगाडि बढ्ने बताएका हुन् ।
आज पर्यटन व्यावसायी तथा पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै रेग्मीले पर्यटन क्षेत्रका सम्भावना र चुनौतीलाई नजिकबाट नियालेकाले यस क्षेत्रको विकासमा आफ्नो भूमिका सहज हुने बताए ।
पर्यटनमार्फत नेपाललाई विश्वभरी चिनाउने आफ्नो मुल मन्त्र रहेको उनको भनाई छ । ४ वर्ष भित्र नेपालमा रहेका पर्यटकीय स्थल र सम्भावित स्थलको विकास गर्ने आफ्नो उद्देश्य रहेको जाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *